गाजामा आक्रमण नरोक्ने इजरायलको हठ, युद्ध विरामको प्रयास विफल

नेपालभ्युज

गाजामा आक्रमण नरोक्ने इजरायलको हठ, युद्ध विरामको प्रयास विफल

काठमाडौं । हमास र इजरायलबीचको युद्ध विरामको प्रयास विफल भएको छ । इजरायलको हठका कारण कतारमा भएको वार्ता निश्कर्ष विहिन भएको हो ।

गाजामा युद्ध अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताका लागि मध्यस्थता गरिरहेको कतार पनि पछि हटेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजामा आक्रमण जारी राख्ने अडान दोहोर्याएका छन् ।

गाजामा भइरहको खाद्यान्न अभावमा आफूहरूलाई दोष नदिन इजरायलले चेतावनी दिएको छ ।

यसैबीच हिजबुल्लाहले रकेट प्रहार गरेपछि जवाफमा इजरायलले लेबनानको बालबेकमा आक्रमण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved