भिजिट भिसामा दुबई जान लागेका तीनजना युवतीसहित एक एजेन्ट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ ।

नेपालभ्युज

भिजिट भिसामा दुबई जान लागेका तीनजना युवतीसहित एक एजेन्ट पक्राउ
फाइल तस्वीर

काठमाडौं । भिजिट भिसामा दुबई जान लागेका तीन जना यात्रु र एक एजेन्ट विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राती उनीहरु पक्राउ परेका हुन् ।

हिमालय एयरलाइन्सको फ्लाइटबाट उनीहरू दुबई जान लागेका थिए । घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ ।

पक्राउ पर्नेमा एजेन्ट भविलाल थापा छन् । भिजिट भिसामा जान लागेका तेह्रथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय, चितवनका दुर्गा श्रेष्ठ छन् । एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको छ ।

यसअघि भिजिट भिसामा मानव तस्कर गर्ने गिरोहका धेरै जना पक्राउ परेका थिए । भिजिट भिसामा नेपाली पैसा उठाएर विदेश पठाउने गरेको अभियोगमा अध्यागमनका नौ अधिकृतसहितलाई प्रहरीले मुद्दा चलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved