आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छ : अध्यक्ष लिङदेन

नेपालभ्युज

आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले राप्रपाले आन्दोलन सुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन् भन्दा झन् आफूहरुको लागि अनुकुल बन्दै आएको बताए ।

अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको अध्यक्ष लिङदेनको भनाई छ ।

उनले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको जानकारी दिए ।

साथै, उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved