अरु दललाई पनि सहभागी गराएर अघि बढ्ने गठबन्धनको निर्णय

नेपालभ्युज

अरु दललाई पनि सहभागी गराएर अघि बढ्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धन दलहरूले गठबन्धनप्रति सकारात्मक अरु दललाई पनि सहभागी गराएर अघि बढ्ने निर्णय गरेका छन् ।

सोमबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ले जानकारी दिए ।

“गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमति भएको छ,” मल्लले भने ।

दलहरू फेरि बस्नेछन् । प्रधानमन्त्री प्रचण्डलाई नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा पुग्नुपरेकाले उठेका उनीहरू पुन: बालुवाटार नै फर्कनेछन् र शक्ति बाँडफाँटबारे छलफल गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved