एमालेको आकस्मिक सचिवालय बैठक, नयाँ गठबन्धनका बारेमा नेताहरुलाई ब्रिफिङ्

नेपालभ्युज

एमालेको आकस्मिक सचिवालय बैठक, नयाँ गठबन्धनका बारेमा नेताहरुलाई ब्रिफिङ्

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ ।

हिजो दिनभर माओवादी केन्द्रसहितका अन्य दलका शीर्षनेताबीच भएका छलफल र सहमतिका विषयमा जानकारी दिन सचिवालयको बैठक बोलाइएको एमालेले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने प्रारम्भिक सहमति भएसँगै एमालेले सचिवालय बैठकमा छलफल गरेको हो ।

हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको बताइएको छ ।

यद्यपी सहमतिको लिखित सम्झौता भने हुन बाँकी रहेको एमाले नेताहरुले बताएका छन् । स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवत आजै घोषणा हुने सम्भावना छ ।

नयाँ सत्ता गठबन्धन एमाले–माओवादी र रास्वपासहितको बन्ने गरि आन्तरिक तयारी तीब्र पारिएको छ ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निरन्तरता दिनेगरि एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अर्थमन्त्रालय लिएर सरकारमा जाने मोटामोटी सहमति भएको अध्यक्ष ओलीको सचिवालय स्रोतको दाबी छ ।

यता, रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा गृहमन्त्रीसहित सरकारमा सहभागी हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved