सुन तस्करी प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

नेपालभ्युज

सुन तस्करी प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं । सुन तस्करीमा संलग्न भएको अभियोगमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणका मुख्य योजनाकार मानिएका गुरुङलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

डिल्लीबजारको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका सञ्चालक गुरुङ्गलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गएराति पक्राउ हो । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको प्रहरीको दाबी छ ।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved