७६ करोडको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने नापीका ३७ जना कर्मचारीसहित ३५९ जनाविरूद्ध अख्तियारको मु्द्दा

सबै जग्गा फिर्ता गर्न मागदाबी

एकातिरको जग्गाको मूल्याङ्कन झन्डै ४२ करोड छ भने अर्कातर्फको मूल्याङ्कन ३४ करोडभन्दा बढी छ । अख्तियारले व्यक्तिको नाममा गएका ती सबै जग्गा सरकारका नाममा ल्याउन मागदाबी समेत गरेको छ ।

नेपालभ्युज

७६ करोडको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने नापीका ३७ जना कर्मचारीसहित ३५९ जनाविरूद्ध अख्तियारको मु्द्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै ७६ करोडको सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने नापीका ३७ जना कर्मचारीसहित ३५९ जनामाथि एकैदिन विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना उपर हालसाविक जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याएकोमा मुद्दा दायर गरिएको हो ।

यस्तै नापी कार्यालय, चन्द्रगढी, झापाकै अर्का तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जना उपर स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याएकोमा मुद्दा दायर गरिएको छ ।

एकातिरको जग्गाको मूल्याङ्कन झन्डै ४२ करोड छ भने अर्कातर्फको मूल्याङ्कन ३० करोडभन्दा बढी छ । अख्तियारले व्यक्तिको नाममा गएका ति सबै जग्गा सरकारका नाममा ल्याउन मागदाबी गरेको छ ।

अख्तियारका अनुसार सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) विभिन्न कित्ताको ३८४ रोपनी ८ आना सरकारी जग्गा व्यक्ति विशेषका नाममा दर्ता गरिएको थियो ।

ती जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड बैसठ्ठी लाख हुन आउने भन्दै अख्तियारले १८७ जनाबाट सोहीअनुसार बिगो र जरिवाना असुल उपर गर्न मागदाबी गरेको छ ।

नापी कार्यालय, चन्द्रगढी, झापाका नौ जना कर्मचारी, गैरकानूनी तरिकाले स्वबासी जग्गादर्ता प्रकृयाबाट आफ्नो नाममा दर्ता कायम गरेका ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ जना गरी जम्मा प्रतिवादीको संख्या १८७ रहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले विज्ञप्तिमा भनेको छ— तपसिलबमोजिमका प्रतिवादीले आफ्नो पदको दुरुपयोग गरी आफू तथा सुरू स्वबासी जग्गा दर्तावालालाई लाभ र सरकारी/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले सरकारी, सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा कायम गरी/गराइ भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूरमा कैद र बिगोबमोजिमको जरिवानाको सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिइ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यसरी मुद्दा दायर गरिएकामा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा र निजकी श्रीमती अनार देवी झा, सोही कार्यालयका तत्कालिन नापी अधिकृत राम देव मण्डल, नायव सुब्बा रुद्र प्रसाद श्रेष्ठ, सर्वेक्षक सिताराम यादव लगायत ९ जना कर्मचारी छन् ।

उनीहरूलाई १ करोड ३० लाखदेखि ४१ करोड ६२ लाखसम्मको बिगो कायम गरिएको छ । तल हेर्नुहोस्—

तपसिल

सि.नं. प्रतिवादीको नाम, थर, पद र कार्यालय बिगो (रू.)
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा र निजको श्रीमती अनार देवी झा अक्षरेपि एकचालिस करोड बैसठ्ठी लाख उन्नाईस हजार आठ सय एक रुपैयाँ पचहत्तर पैसा
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुक अक्षरेपि चार करोड पचहत्तर लाख चौरासी हजार दुई सय एकहत्तर रुपैयाँ पचहत्तर पैसा
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नायब सुब्बा रुद्र प्रसाद श्रेष्ठ अक्षरेपि पाँच करोड अठार लाख अठ्ठाईस हजार एक रुपैयाँ पचहत्तर पैसा
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक सिताराम यादव अक्षरेपि सैतिस करोड चौहत्तर लाख बिस हजार चार सय सात रुपैयाँ
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक विन्देश्वर पंजियार सुडी अक्षरेपि एकतिस करोड पन्चानब्बे लाख पन्चानब्बे हजार आठ सय रुपैयाँ
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक रामकुमार दास अक्षरेपि एक करोड छयासी लाख अठ्तिस हजार दुई सय रुपैयाँ पाँच पैसा
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक गणेश कुमार धिमाल अक्षरेपि सोह्र करोड बयानब्बे लाख सठ्चालिस हजार पाँच सय नब्बे रुपैयाँ
8 नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक विष्णु देव यादव अक्षरेपि एक करोड सन्ताउन्न लाख उनानब्बे हजार एक सय चार रुपैयाँ सात पैसा
9 नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन अमिन ललितकुमार मण्डल अक्षरेपि एक करोड तीस लाख अठ्ठाइस हजार छ सय सात रुपैयाँ

 

केही प्रतिवादीलाई बिगो असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी बनाइएको छ। 

तपसिल

सि.नं. सुरू जग्गा दर्तावालाको नाम (प्रतिवादीहरू) जम्मा बिगो (रु.)
1 केशावती पुरी अक्षरेपी पाँच करोड बैसठ्ठी लाख पचास हजार आठ सय चालीस रुपैयाँ मात्र
2 देवकुमार पुरी १,२१,९०,६८०।००

(अक्षरेपि एक करोड एक्काईस लाख नब्बे हजार छ सय असी रुपैयाँ मात्र)

3 मनमाया पुरी ९,३२,०२,४००।००

(अक्षरेपि नौ करोड बत्तीस लाख दुई हजार चार सय रुपैयाँ मात्र)

4 रेवत राज पुरी ३,३५,७६,८८०।००

(अक्षरेपि तीन करोड पैतीस लाख छयत्तर हजार आठ सय असी रुपैयाँ मात्र)

5 जंग बहादुर थापा १३,६८,९३७।५० (अक्षरेपि तेह्र लाख अठ्सठ्ठी हजार नौ सय सैतिस रुपैयाँ पचास पैसा)
6 धन बहादुर थापा ५,३९,८४०।०० (अक्षरेपि पाँच लाख उनन्चालीस हजार आठ सय चालिस रुपैयाँ)
7 हेम राज भट्टराई ३,४२,००२।५०

(अक्षरेपि तीन लाख बयालिस हजार दुई रुपैयाँ पचास पैसा)

8 कौमारी बस्नेत २,५७,४४८।०० (अक्षरेपि दुई लाख सन्ताउन्न हजार चार सय अठ्चालीस रुपैयाँ)
9 खड्ग बहादुर भण्डारी ३२,४०,६६७।५०

(अक्षरेपि बत्तिस लाख चालिस हजार छ सय सठ्सठ्ठी रुपैयाँ पचास पैसा)

10 गंगा देवी घिमिरे(राधा) १७,६५,७३२।५०

(अक्षरेपि सत्र लाख पैसठ्ठी हजार सात सय बत्तीस रुपैयाँ पचास पैसा)

11 चित्र देवी भण्डारी २७,४३,५२७।५० (अक्षरेपि सत्ताईस लाख त्रिचालीस हजार पाँच सय सत्ताईस रुपैयाँ पचास पैसा)
12 युवराज थापा ५,२४,१५१।५० (अक्षरेपि पाँच लाख चौबीस हजार एक सय एकाउन्न रुपैयाँ पचास पैसा)
13 लछि माया बस्नेत २२,४६,३००।०० (अक्षरेपि बाईस लाख छयालीस हजार तीन सय रुपैयाँ)
१४ कमला देवी पाण्डे क्षेत्री ३२,६५,०८२।२० (अक्षरेपि बत्तिस लाख पैसठ्ठी हजार बयासी रुपैयाँ बिस पैसा)
15 पुर्ण माया विश्वकर्मा ६,६८,२००।०० (अक्षरेपि छ लाख अठ्सठ्ठी हजार दुई सय रुपैयाँ)
16 बुद्धिमान राई १०,५७,४६५।०५ (अक्षरेपि दश लाख सन्ताउन्न हजार चार सय पैसठ्ठी रुपैयाँ पाँच पैसा)
17 विर बहादुर विश्वकर्मा ६४,३३,१२२।५० (अक्षरेपि चौसठ्ठी लाख तेत्तीस हजार एक सय बाईस रुपैयाँ पचास पैसा)
18 शेर बहादुर गजमेर ५०,३३,४३४।९५ (अक्षरेपि पचास लाख तेत्तीस हजार चार सय चौतिस रुपैयाँ पन्चानब्बे पैसा)
19 अम्बर बहादुर मगर १,६६,२५०।०० (अक्षरेपि एक लाख छैसठ्ठी हजार दुई सय पचास रुपैयाँ)
२० इन्द्र माया धिमाल 8,06,750।00 (अक्षरेपि आठ लाख छ हजार सात सय पचास रुपैयाँ)
21 गंगामाया धिमाल १,४३,६२४।४५ (अक्षरेपि एक लाख त्रिचालीस हजार छ सय चौबिस रुपैयाँ पैतालीस पैसा)
22 च्यामनी धिमाल २,40,295।०० (अक्षरेपि दुई लाख चालीस हजार दुई सय पन्चानब्बे रुपैयाँ)
२३ जित बहादुर धिमाल 6,54,500।00 (अक्षरेपि छ लाख चौवन्न हजार पाँच सय रुपैयाँ)
24 तिर्थ बहादुर धिमाल २,०५,६००।०० (अक्षरेपि दुई लाख पाँच हजार छ सय रुपैयाँ)
25 स्वर्गीय तुलविर राई ८,४०,०००।०० (अक्षरेपि आठ लाख चालीस हजार रुपैयाँ)
२६ दिल बहादुर धिमाल 8,48,750।00 (अक्षरेपि आठ लाख अठ्चालीस हजार सात सय पचास रुपैयाँ)
27 धन बहादुर धिमाल ३,७५,९९१।०० (अक्षरेपि तीन लाख पचहत्तर हजार नौ सय एकानब्बे रुपैयाँ)
28 राजिन दमाई ३,४६,५००।०० (अक्षरेपि तीन लाख छयालिस हजार पाँच सय रुपैयाँ)
29 लक्ष्मण लिम्बु (मादेन) २,४०,२९५।००  (अक्षरेपि दुई लाख चालीस हजार दुई सय पन्चानब्बे रुपैयाँ)
३० राजकुमार कपाली 7,47,250।00 (अक्षरेपि सात लाख सठ्चालीस हजार दुई सय पचास रुपैयाँ)
31 कलिम शेक ७,२०,५६२।५० (अक्षरेपि सात लाख वीस हजार पाँच सय बैसठ्ठी रुपैयाँ पचास पैसा)
32 कृष्ण कुमार कपाली ७,२८,०००।०० (अक्षरेपि सात लाख अठ्ठाईस हजार रुपैयाँ)
33 स्वर्गीय झरीलाल साह १,४०,५०५।०० (अक्षरेपि एक लाख चालीस हजार पाँच सय पाँच रुपैयाँ)
34 दिपा सुब्वा (लिम्बु) ५,७७,५००।०० (अक्षरेपि पाँच लाख सतहत्तर हजार पाँच सय रुपैयाँ)
35 धनमाया राई ४,४४,५००।०० (अक्षरेपि चार लाख चौवालीस हजार पाँच सय रुपैयाँ)
36 नन्दे दमाई २,५२,०००।०० (अक्षरेपि दुई लाख बाउन्न हजार रुपैयाँ)
37 पन्दे दमाई १,६९,०५४।६० (अक्षरेपि एक लाख उनान्सत्तरी हजार चौवन्न रुपैयाँ साठ्ठी पैसा)
38 पुर्णमाया सापकोटा ११,६२,७१७।५० (अक्षरेपि एघार लाख बैसठ्ठी हजार सात सय सत्र रुपैयाँ पचास पैसा)
३९ प्रेम बहादुर धिमाल 7,94,062।5० (अक्षरेपि सात लाख, चौरानब्बे हजार बैसठ्ठी रुपैयाँ पचास पैसा)
40 भगवती कुसुले ३,७१,०००।०० (अक्षरेपि तीन लाख एकत्तर हजार रुपैयाँ)
41 स्वर्गीय मदन बहादुर दमाई १,५४,२००।०० (अक्षरेपि एक लाख चौवन्न हजार दुई सय रुपैयाँ)
42 मिठि दमिनी १,५४,२००।०० (अक्षरेपि एक लाख चौवन्न हजार दुई सय रुपैयाँ)
43 स्वर्गीय लालबाबु धिमाल ५,३३,७५०।०० (अक्षरेपि पाँच लाख तेत्तिस हजार सात सय पचास रुपैयाँ)
44 विकास लिम्बु ५,१९,७५०।०० (अक्षरेपि पाँच लाख उन्नाईस हजार सात सय पचास रुपैयाँ)
४५ शान्ता श्रेष्ठ 9,36,250।00 (अक्षरेपि नौ लाख छत्तिस हजार दुई सय पचास रुपैयाँ)
46 संझा देवी माझी 3,17,395।00 (अक्षरेपि तीन लाख सत्र हजार तीन सय पन्चानब्बे रुपैयाँ)
47 स्वर्गीय सन्ध्या देवी माझी 1,06,590।00 (अक्षरेपि एक लाख छ हजार पाँच सय नब्बे रुपैयाँ)
48 सुकमाया लिम्बु 10,63,527।5 (अक्षरेपि दश लाख त्रिसठ्ठी हजार पाँच सय सत्ताईस रुपैयाँ पचास पैसा)
49 स्वर्गीय गंगामाया दर्जी ३,२५,५००।०० (अक्षरेपि तीन लाख पच्चीस हजार पाँच सय रुपैयाँ)
५० स्वर्गीय झक बहादुर धिमाल 8,99,500।00 (अक्षरेपि आठ लाख उनान्सय हजार पाँच सय रुपैयाँ)
51 टिकाविर खेवा (लिम्बु) ५९६७.५० (अक्षरेपि पाँच हजार नौ सय सठ्सठ्ठी रुपैयाँ पचास पैसा)
52 त्रिलोचन पोख्रेल ३,७१,०००।०० (अक्षरेपि तीन लाख एकहत्तर हजार रुपैयाँ)
53 नन्दिमाया राई १०,२९,०००।०० (अक्षरेपि दश लाख उनन्तीस हजार रुपैयाँ)
54 पुष्पमाया सार्की ३,२२,०००।00 (अक्षरेपि तीन लाख बाईस हजार रुपैयाँ)
55 बल बहादुर सार्की ७,६६,५००।०० (अक्षरेपि सात लाख छैसठ्ठी हजार पाँच सय रुपैयाँ)
56 बुध बहादुर धिमाल ४,३१,७६०।०० (अक्षरेपि चार लाख एकतीस हजार सात सय साठी रुपैयाँ)
५७ मंगल धिमाल 9,३८,000।00 (अक्षरेपि नौ लाख अठ्तीस हजार रुपैयाँ)
58 मनमाया सुनुवार ९,६१,८००।०० (अक्षरेपि नौ लाख एकसठ्ठी हजार आठ सय रुपैयाँ)
59 मोहन मेचे २,४२,६०२।५० (अक्षरेपि दुई लाख बयालिस हजार छ सय दुई रुपैयाँ पचास पैसा)
६० रुकमिनी माझी 5,44,250।00 (अक्षरेपि पाँच लाख चौवालिस हजार दुई सय पचास रुपैयाँ)
61 रुपलाल धिमाल १,४७,०००।०० (अक्षरेपि एक लाख सठ्चालीस हजार रुपैयाँ)
62 शुक्रराज लिम्बु ३,६०,६९२।५० (अक्षरेपि तीन लाख साठ्ठी हजार छ सय बयानब्बे रुपैयाँ पचास पैसा)
63 हेम बहादुर दर्जी २,३५,१४७।५० (अक्षरेपि दुई लाख पैतिस हजार एक सय सठ्चालिस रुपैयाँ पचास पैसा)
64 ओम प्रकाश पौडेल १५,७१,८०,०००।०० (अक्षरेपि पन्ध्र करोड एकहत्तर लाख असि हजार रुपैयाँ)
65 भुमिका कोइराला १,१९,६१,०००।०० (अक्षरेपि एक करोड उन्नाईस लाख एकसठ्ठी हजार रुपैयाँ)
जम्मा अक्षरेपि एकचालीस करोड बैसठ्ठी लाख उन्नाईस हजार आठ सय एक रुपैयाँ पचहत्तर पैसा

 यस्तै झापाकै अर्को जग्गा व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा १७२ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ)को २९ बिगाहा १७ कट्ठा ४ धुर अर्थात ३९७ रोपनी जग्गा व्यक्तिका नाममा घुसाई हालसाविक गरिएकोमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । ति जग्गाहरूको न्यनतम मूल्याङ्कन ३४ करोड ६६ लाख हुने पनि अख्तियारले जनाएको छ ।

यो मुद्दामा नापी कार्यालय, चन्द्रगढी, झापाका १० जना कर्मचारी, मालपोत कार्यालय, दमक, झापाका १८ जना कर्मचारीको संलग्नता रहेको भन्दै सबैविरुद्ध न्यूनतम मूल्याङ्कनअनुसारको बिगो असुलउपर तथा जग्था जफत गर्न अख्तियारले मागदाबी गरेर मुद्दा हालेको छ । हेर्नुहोस्—

तपसिल

सि.नं. प्रतिवादीको नाम, थर, पद र कार्यालय बिगो (रु.)
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा र निजको श्रीमती अनार देवी झा अक्षरेपि तीस करोड दुई लाख एकहत्तर हजार नौ सय छब्बिस रुपैयाँ पैसठ्ठी पैसा मात्र
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपाने अक्षरेपि दुई लाख तीन हजार एक सय पाँच मात्र
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्व. संसार नाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेय अक्षरेपि सठ्सठ्ठी हजार सात सय सात रुपैयाँ पचास पैसा मात्र
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुक अक्षरेपि चौध लाख सत्ताईस हजार छ सय रुपैयाँ तीस पैसा मात्र
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक सिताराम यादव अक्षरेपि चौबीस करोड बयालिस लाख उनान्चालीस हजार दुई सय सन्तानब्बे रुपैयाँ पैतिस पैसा मात्र
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक विन्देश्वर पंजियार सुडी अक्षरेपि उनन्तिस करोड अठ्सठ्ठी लाख चौरानब्बे हजार सात सय सतहत्तर रुपैयाँ पैतिस पैसा मात्र
नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक गणेश कुमार धिमाल अक्षरेपि पाँच करोड चौध लाख उनान्नब्बे हजार छ सय उनान्चास रुपैयाँ पचास पैसा मात्र
8 नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक जगदीश प्रसाद यादव अक्षरेपि बाईस लाख तिस हजार छ सय उन्नाईस रुपैयाँ पचास पैसा मात्र
9 नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक मिन बहादुर प्रधान अक्षरेपि एक्काईस लाख, दुई हजार, पाँच सय सैतीस रुपैयाँ पचास पैसा मात्र
10 नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नायब सुब्बा रुद्र प्रसाद श्रेष्ठ अक्षरेपि चौबिस लाख तेत्तिस हजार सात सय चौबिस रुपैयाँ पचास पैसा मात्र
11 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत स्व. बच्चुराम कार्की र निजको श्रीमती शर्मीला कार्की अक्षरेपि तीन करोड उनान्चालिस लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुपैयाँ मात्र
12 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन मालपोत अधिकृत होमनाथ सेढाई अक्षरेपि बत्तिस लाख पचास हजार पाँच सय सैतिस रुपैयाँ पचास पैसा मात्र
13 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन मालपोत अधिकृत तारानाथ दंगाल अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र
14 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा स्वर्गिय अर्जुन पोख्रेल र निजको श्रीमती रञ्जना दाहाल अक्षरेपि पच्चिस हजार सात सय बयालिस रुपैयाँ पचास पैसा मात्र
15 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा ज्ञानु सिवाकोटी अक्षरेपि चार लाख तेईस हजार एक सय पन्ध्र रुपैयाँ मात्र
16 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुव्वा कृष्ण भट्टराई अक्षरेपि चार करोड सन्ताउन्न लाख एकाईस हजार सात सय सतासी रुपैयाँ पचास पैसा मात्र
17 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा खड्ग बहादुर खड्का अक्षरेपि दुई करोड असी लाख सत्र हजार दुई सय सतासी रुपैयाँ पचास पैसा मात्र
18 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा राज कुमार राई अक्षरेपि तीन लाख सन्तानब्बे हजार तीन सय बहत्तर रुपैयाँ पचास पैसा मात्र
19 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन मालपोत अधिकृत भिष्मराज भट्टराई अक्षरेपि दुई करोड सठ्चालिस लाख छैसठ्ठी हजार सात सय पचास रुपैयाँ मात्र
20 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा रोहित कुमार कोइराला अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र
21 मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला अक्षरेपि बत्तिस लाख पचास हजार पाँच सय सैतिस रुपैयाँ पचास पैसा मात्र

तपसिल

सि.नं. प्रतिवादीको नाम, थर, पद र कार्यालय बिगो (रु.)
नापी कार्यालय, दमक, झापाका तत्कालीन नापी अधिकृत शेष बहादुर श्रेष्ठ अक्षरेपि चार लाख तेईस हजार एक सय पन्ध्र रुपैयाँ मात्र
नापी कार्यालय, दमक, झापाका तत्कालीन नापी अधिकृत सियालाल राम अक्षरेपि तीन करोड सठ्सठ्ठी लाख सठ्चालिस हजार दुई सय सतासी रुपैयाँ पचास पैसा मात्र
नापी कार्यालय, दमक, झापाका तत्कालीन नापी अधिकृत स्टालिन भण्डारी अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र
नापी कार्यालय, चन्द्रगढी, झापा र नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक विनोद कुमार मण्डल क्षरेपि चार करोड छयासी लाख असी हजार नौ सय पाँच रुपैयाँ मात्र
नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक इद्रिस नदाफ अक्षरेपि तीन करोड अठ्सठ्ठी लाख बत्तिस हजार तीन सय दुई रुपैयाँ पचास पैसा मात्र
नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक डिल्ली कुमार लिम्बु अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र
नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक कृष्ण देव राम अक्षरेपि पैतिस लाख अठासी हजार छ सय सैतिस रुपैयाँ पचास पैसा मात्र

कानूनी प्रावधानबमोजिम उक्त सरकारी सार्वजनिक जग्गालाई पूर्ववत्‌रूपमा कायम गरी नेपाल सरकारका नाममा ल्याउन अख्तियारले मागदाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved