जाजरकोटका भूकम्पपीडितलाई क्यानको आर्थिक सहयोग

नेपालभ्युज

जाजरकोटका भूकम्पपीडितलाई क्यानको आर्थिक सहयोग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जाजरकोटका भुकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ।

क्यानले आईसिसि टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त रकमको ५० प्रतिशत बाचा गरे अनुरुप शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहायोग गरेको हो । क्यानले २० लाख रुपैयाँ कोषलाई सहयोग गरेको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले सो रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

क्यानले सम्पुर्ण घाईते भुकम्पपीडितको स्वास्थ्यलाभको कामनासहित यस भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरूप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved