विपक्षी बेञ्चबाट उठेका प्रश्नहरूको सम्बोधन गर्न प्रधानमन्त्रीलाई एमालेको ताकेता

नेपालभ्युज

विपक्षी बेञ्चबाट उठेका प्रश्नहरूको सम्बोधन गर्न प्रधानमन्त्रीलाई एमालेको ताकेता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले विपक्षी बेञ्चबाट उठेका प्रश्नहरूको सम्बोधन गर्न प्रधानमन्त्रीलाई ताकेता गरेको छ ।

शुक्रबार अपराह्न पुन: बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेशकुमार बर्तौलाले भने, “विपक्षी बेञ्चबाट उठेका प्रश्नहरूको सम्बोधन गर्नका लागि प्रधानमन्त्रीज्यूलाई तीन दिनको सुविधा भयो ।” यसअघि पनि एमालेले प्रधानमन्त्रीको सम्बोधन खोज्दै आएको थियो । ६ गतेको प्रधानमन्त्री-सांसद प्रश्नोत्तरबाट चित्त नबुझाएको एमालेले खासगरी विवादित मन्त्रीहरूको राजीनामाबारे प्रधानमन्त्रीले बोल्नुपर्ने बताएको छ ।

“अब बस्ने बैठक, संसद्ले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ । समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्छु,” उनले भने ।

एमालेसहितका विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा मागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved