तीन मन्त्रीको राजीनामा माग्दै संसद् अवरोधमा उत्रियो एमाले

नेपालभ्युज

तीन मन्त्रीको राजीनामा माग्दै संसद् अवरोधमा उत्रियो एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले तीन मन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समय सकिनासाथ प्रमुख प्रतिपक्ष एमालेसहितका अन्य विपक्षी दलले उठेर विरोध जनाए ।

त्यसक्रममा एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठेको बताए । त्यसक्रममा उनले तीन मन्त्रीको राजीनामा माग गरे ।

बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै उनले राजीनामा मागे ।

यस्तै टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै सांसद भट्टाईले उनको पनि राजीनामा माग गरे ।

यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ । लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले उनको राजीनामा माग गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved