नवनियुक्त उपकुलपति बरालले आज पदबहाली गर्दै

नेपालभ्युज

नवनियुक्त उपकुलपति बरालले आज पदबहाली गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको उपकुलपतिमा नियुक्त प्राडा. केशरजंग बरालले आज पदभार ग्रहण गर्दैछन् ।

२० औं उपकुलपतिमा नियुक्त बरालले दिउँसो १ बजे पद बहाली गर्ने कार्यक्रम राखिएको छ । पहिलो नम्बरमा नाम निकालेका प्राडा चित्रबहादुर बुढाथोकीलाई पन्छाएर दोस्रो नम्बरमा रहेका बराललाई सरकारले हिजो उपकुलपतिमा नियुक्त गरेको हो ।

बरालले नियुक्त पाए लगत्तै विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति  समेत हुन् ।

विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार पहिलो नम्बरमा प्राडा बुढाथोकी, दोस्रोमा बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सर्टलिस्टमा रहेका यी तीन जनामध्ये बराललाई छान्न ५ दिन  लागेको हो ।  बुढाथोकी र बराल दुवै माओवादी समर्थित भए पनि कसलाई बनाउने भन्नेमा पार्टी भित्रै विवाद भए पछि नियुक्तिमा ढिलाइ भएको थियो ।

उपकुलपति पदमा नियुक्तिको विज्ञापनमा ४३ जनाले आवेदन दिएका थिए ।

उपकुलपति छनोट समितिले १४ जनाको सर्टलिष्ट निकालेको थियो । ती मध्येबाट तीन जनालाई समितिले छनोट गरी प्रधानमन्त्रीलाई बुझाएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved