नामिबियाविरुद्ध नेपालको तेस्रो विकेट पतन, देव खनाल पनि आउट

नेपालभ्युज

नामिबियाविरुद्ध नेपालको तेस्रो विकेट पतन, देव खनाल पनि आउट

काठमाडौं। नामिबियाविरद्ध क्रिकेट विश्व कप लिग–२ मा नेपालले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो।

७ ओभरको अन्तिम बलमा देव खनाल पनि डगआउट भए। उनलाई नामिबियाका ज्याक ब्रासेलले आउट गरे।

अहिले कुशल मल्ल र ओपनर आसिफ शेखले ब्याटिङ गरिरहेका छन्। यसअघि ओपनर कुशल भूर्तेल १८ रनमा र अनिल साह डगआउट भए।

टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved