ओलीको दाबी- हाम्रो पालामा गिरिबन्धुमा तलमाथि भएको छैन

'मन्त्री नैतिकता नभएका, प्रधानमन्त्री हुतीहारा'

सर्वोच्च अदालतले गत माघ २४ गते गिरिबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय बदर गरेको थियो ।

नेपालभ्युज

ओलीको दाबी- हाम्रो पालामा गिरिबन्धुमा तलमाथि भएको छैन

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा गिरिबन्धु टी स्टेटमा तलमाथि नभएको दाबी गरेका छन् ।

मङ्गलबार सुरू भएको केन्द्रीय कमिटी बैठकको सुरूमा मौखिक प्रतिवेदन पेश गर्दै उनले यस्तो दाबी गरेका हुन् । “हाम्रो पालामा गिरिबन्धु टी स्टेटमा केही तलमाथि भएको छैन,” उनले भने ।

अगाडि उनले भने, “गिरिबन्धु सम्बन्धमा अदालतले फैसला गरेको छ, कानून बनाएर सट्टापट्टा गर्न दिनु भनेर । हामीले कानून बनाएको हो । तर, हाम्रो समयमा जग्गाको लेनदेन भएको छैन । विरोधीले खुब प्रचार गर्न खोजेका छन् ।”

दुवै पीडक सरकारमा छन्, पीडितले न्याय पाउनेमा शङ्का छ : ओली

उनले बरु कांग्रेसको पालमा ७० बिगाहा जमिन सित्तैमा दिइएको बताए । उनले सोधे, “त्यसको चाहिँ छानबिन हुनुपरेन त ?”

उनले थप भने, “गिरिबन्धु टी स्टेटबारे मुद्दा पर्‍यो । अदालतबाट एउटा फैसला आयो, त्यो फैसलालाई लखेट्नका लागि च्यानल नै खुले कतिवटा त त्यही फैसलालाई लखेट्नका लागि । त्यो फैसलामा त्यहाँ त्यस्तो केही पनि छैन । अदालतमा न्यायाधीशले पनि कति कुराहरू बुझेका हुँदैनन् । मान्छे नै बसेको हुन्छ त्यहाँ । विश्वासको कुरा हो । न्यायाधीशले एउटा फैसला कार्यान्वयन नगर्नु भन्यो । तर, अर्को ठाउँमा के भन्यो भने दिँदै नदिने भनेरचाहिँ भएन । अलिक निर्णय परिपक्व भएन कि ! भन्ने कुरा गरेको छ । त्यसलाई खुब लखेटेको छ ।”

सर्वोच्च अदालतले गत माघ २४ गते गिरिबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय बदर गरेको थियो ।

मन्त्री नैतिकता नभएको, प्रधानमन्त्री हुतिहारा

फरक प्रसङ्गमा ओलीले प्रधानमन्त्रीलाई हुतीहारा भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रसङ्ग जोड्दै उनले भने, “मन्त्री नैतिकता नभएका अनि प्रधानमन्त्री हुतीहारा ।“

गठबन्धन पूर्णरूपमा असफल भयो, राष्ट्रिय सभामा धूर्त खेल खेलियो : ओली

आफू दोषी देखिएपछि मन्त्रीले आफैँले राजीनामा दिनुपर्ने, नदिए पनि प्रधानमन्त्रीले कारबाही गर्नुपर्ने उनले बताए ।

यसअघि गत पुसमा २ जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएका थिए । घटनाबारे छानबिन गर्न बनेको समितिको निष्कर्ष मन्त्री नै दोषी भएको आएपछि ओलीले यस्तो बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved