एक महिनामै ६०० भन्दा बढी श्रीलंकाली इजरायल प्रस्थान

नेपालभ्युज

एक महिनामै ६०० भन्दा बढी श्रीलंकाली इजरायल प्रस्थान

काठमाडौं । जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि इजरायल गएको बताएका हुन् ।

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जनाकारी दिए । नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिएका छन् ।

इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved