विद्यार्थीको १७ करोड फिस माफ गर्ने शिक्षक

नेपालभ्युज

विद्यार्थीको १७ करोड फिस माफ गर्ने शिक्षक

एजेन्सी । फिजिक्सवाला नामक संस्था भारतको सबैभन्दा चर्चित एडटेक कम्पनीमध्ये पर्दछ । यसका फाउन्डर अलख पान्डेय देशभर एकदमै लोकप्रिय छन् ।

सामाजिक सञ्जालमा अलखका भिडिओ प्राय: भाइरल भइरहेका हुन्छन् । अहिले उनी अर्को समाचारले चर्चामा छन् । उनले सन् २०२३ र २४ मा ५१ हजार छात्रछात्राको फिस माफ गरेका छन् ।

आर्थिक रुपले कमजोर वर्गका छात्रछात्राको फिस माफ गरिएको उनको कम्पनीले जारी गरेको बयानमा उल्लेख छ । जसमा ९ कक्षादेखि १२ कक्षासम्मका विभिन्न क्षेत्रका विद्यार्थी सामेल छन् ।

यसरी माफ गरिएको फिसको रकम १७ करोड भारतीय रुपैयाँभन्दा पनि धेरै छ । कम्पनीले यसरी फिस माफ गरेर विद्यार्थीलाई पढाईका लागि प्रोत्साहित गर्न चाहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved