अलेक्सी नाभाल्नीको हत्या राष्ट्रपति पुटिनले गरेको श्रीमती युलियाको आरोप

नेपालभ्युज

 अलेक्सी नाभाल्नीको हत्या राष्ट्रपति पुटिनले गरेको श्रीमती युलियाको आरोप

काठमाडौं। अलेक्सी नाभाल्नीकी श्रीमती युलियाले आफ्नो श्रीमानको हत्या रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको आरोप लगाएकी छन् ।

सोमबार जारी गरेको भिडियो वक्तव्यमा नाभाल्नीले आफ्नो श्रीमानको हत्या राष्ट्रपति पुटिनले गरेको बताएकी हुन्। आफु अलेक्सी नाभाल्नीको कामलाई निरन्तरता दिने र आफ्नो देशको लागि लड्ने उनले भिडियोमार्फत बताईन्।

‘मेरो स्थानमा कोही अर्को व्यक्ति हुनु पर्थ्यो । तर, ती व्यक्तिलाई भ्लादिमिर पुटिनले मारे,’ युलियाले भनिन्,’कारागारमा पुटिनले अलेक्सी नाभाल्नीलाई मात्र मारेनन्, उनले हाम्रो आशा, स्वतन्त्रता र भविष्यको पनि हत्या गरे ।’

उनले नाभाल्नीलाई मार्नु पछिको कारण थाहा भएको पनि बातइन्। उनले भनिन्, ‘हामीलाई थाहा छ, तीन दिन अगाडि पुटिनले किन अलेक्सीलाई मारे। त्यो हामी तपाईंलाई चाँडै बताउने छौँ। तर, अलेक्सीको लागि हामीले गर्न सक्ने महत्त्वपूर्ण कुरा भने सबै एकजुट भएर लड्नु हो।’

यसैबीच, नाभाल्नीको आमा तथा वकिललाई शवगृहमा प्रवेश निषेध गरिएको बीबीसीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved