महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा सहमतिको पहल, सभापति देउवाले बोलाए पदाधिकारी बैठक

नेपालभ्युज

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा सहमतिको पहल, सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा सहमतिको पहलस्वरुप कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

ललितपुरको गोदावारीमा सोमबार सुरु भएको महासमिति बैठकको पहिलो दिन नै महामन्त्री थापाको सांगठनिकसहित चारै वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहे पनि थाँती राखेर सभापति देउवाले सहमतिको पहल थालेका हुन् । महासमिति बैठकको मंगलबार सुरु हुने बन्दसत्रमा ती सबै प्रतिवेदन पेस हुने नेता मीन विश्वकर्माले जानकारी दिए ।

महामन्त्री थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका सभापति देउवाले त्यसबारे के भइरहेको छ भनेर सोधखोज र छलफल गर्न बैठक बोलाएको नेताहरुको भनाइ छ । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय रहेकाले उक्त विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापति देउवा छन् ।

महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने धारणा राखेका थिए । तर महामन्त्री थापा भने महासमिति बैठकबाटै आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने निर्णय लिनु पर्ने अडानमा देखिएका छन् ।

चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन उनको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved