पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुन जरुरी छ : सञ्चारमन्त्री शर्मा

नेपालभ्युज

पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुन जरुरी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

सोमवार राष्ट्रिय समाचार समितिको ६३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको बताइन् ।

विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुन जरुरी रहेको उनको भनाई छ ।

शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रीत रहेर गणतन्त्रको स्थायित्व र जनताको जिवन रुपान्तरणमा सिंगो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको बताइन् ।

सरकारले नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानविनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उनले उल्लेख गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved