त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

नेपालभ्युज

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको  छ ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले   चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम  सिफारिस गरेको स्रोतले जनाएको छ ।

त्रिवि उपकुलपतिमा दरखास्त दिएका ४३ जनामध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।

उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि ३ जनाको नाम प्रधानमन्त्री एवम् त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरिएको हो ।

अब कुलपतिले उनिहरुमध्ये एक जनालाई  उपकुलपति नियुक्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved