इशनाथ नगरपालिकामा थपियो कर्फ्यूको समय र स्थान

नेपालभ्युज

इशनाथ नगरपालिकामा थपियो कर्फ्यूको समय र स्थान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्यू जारी हुने क्षेत्र बढाएको छ ।

मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार थप वडामा कर्फ्यू आदेश जारी गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जारी गरेको सूचनामा नगरपालिकाको वडा नम्बर ६ र ७ मा कर्फ्यु आदेश जारी गरेको उल्लेख छ । यसअघि प्रशासनले शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी नगरको वडाहरू २, ३, ४ र ५ मा पनि कर्फ्यू लगाइएको छ।

शनिबार इशनाथ-७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो।

पूर्वमा बन्जरहा मोड, पश्चिममा सानो घिउरा गाउँ, उत्तरमा रामपुरखाप एपिएफ बिओपी देखि दक्षिण जिमल अख्तरको बोरिङ सम्म र दक्षिणमा एपिएफ बिओपी औरियादेखि नयनगरसम्म कर्फ्यु आदेश जारी भएको हो।

कर्फ्यूका बीच प्रशासनले भने सरस्वतीको मूर्ति बिसर्जनको तयारी गरेको छ । करिब सात सयको संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै प्रशासनले मूर्ति बिसर्जन गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved