नभाल्नीको शोक सभामा सहभागी १ सयभन्दा बढी हिरासतमा

नेपालभ्युज

नभाल्नीको शोक सभामा सहभागी १ सयभन्दा बढी हिरासतमा

मस्को । रूसी प्रहरीले विपक्षी नेता एलेक्सी नभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रमका सहभागी स्मारकमा १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार जनाएको छ ।

क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए ।

मृत्युको खबरले रूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन् ।

रूसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए र केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ ।

ओभीडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ ।

राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ ।

रूसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ र अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्‍यालीमा कडाइ गरेका छन् ।

रूसको राजधानी मस्कोको मध्यभागमा हुने विशाल  र्‍यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रूसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved