मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग

नेपालभ्युज

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

एमाले सचेतक महेशकुमार बर्तौलाले मन्त्री ज्वालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

डेढ महिना पहिले दुईजना युवाको मृत्यु हुनेगरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाकै कारण घटना भएको निष्कर्ष निकालेपछि एमालेले यस्तो माग गरेको हो ।

“यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापि न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन,” उनले भनेका छन् ।

उनले थपे, “त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घण्टे परीक्षामा पर्नुभएको छ । हेरौँ रिजल्ट कस्तो आउँदोरहेछ ।”

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा दुई युवकले ज्यान गुमाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved