बालेनको आक्रोश- जनप्रतिनिधि आवरणमा दलका प्रतिनिधिबाट के आशा गर्ने

नेपालभ्युज

बालेनको आक्रोश- जनप्रतिनिधि आवरणमा दलका प्रतिनिधिबाट के आशा गर्ने

काठमाडौं ।  कर्मचारीलाई  कारबाही गरेको वियषलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आक्रोशित बनेका छन् ।

मंगलबार कार्यपालिका बैठकपछि सामाजिक सञ्जालमा मेयर साहले स्टाटस लेख्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् । ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ’ उनले लेखेका छन् ‘यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल ।’

चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर रहेको भन्दै मेयर साहले चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेप्रति शंका रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘प्रष्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ।  गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनुपर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौं महानगरमा कमी छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved