वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर, लगानी गर्ने ठाँउ नहुँदा बैंकमा पैसा थुप्रियो

नेपालभ्युज

वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर, लगानी गर्ने ठाँउ नहुँदा बैंकमा पैसा थुप्रियो

काठमाडौं । अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । विभिन्न २० वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदरमा अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केही बैंकले भने स्थिर राखेका छन् । बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।

नयाँ ब्याजदर अनुसार सबैभन्दा सस्तो कृषि विकास बैंकमा देखिएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ६.४४३ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै संस्थागत निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने बताइएको छ ।

फागुनका लागि बैंकहरूको ब्याजदर ८.१५ प्रतिशतभन्दा बढी छैन । कुमारी बैंकको ८.०१ प्रतिशत र हिमालयन बैंकको ८.१५ प्रतिशत छ । बाँकी १८ बैंकको भने ब्याजदर ८ प्रतिशतभन्दा कम छ । ब्याजदर स्थिर राख्नेमा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंक छन् ।

अन्य १६ बैंकले भने ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ ।

कृषि विकास बैंक : ६ दशमलव ४४ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक : ७ दशमलव ३५ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंक : ७ दशमलव ३५ प्रतिशत

प्राइम कमर्सियल बैंक : ७ दशमलव ४ प्रतिशत

नेपाल बैंक : ७ दशमलव २५ प्रतिशत

सानिमा बैंक : ७ दशमलव ५१ प्रतिशत

प्रभु बैंक : ७ प्रतिशत

नेपाल इन्भेस्टमेन्ट बैंक : ८ प्रतिशत

एनएमबी बैंक : ८ दशमलव ५ प्रतिशत

ग्लोबल आईएमई बैंक : ७ दशमलव ६ प्रतिशत

नबिल बैंक : ७ दशमलव ७६ प्रतिशत

नेपाल एसबीआई बैंक : ८ दशमलव १ प्रतिशत

कुमारी बैंक : ८ दशमलव ०१ प्रतिशत

एनआइसी एशिया बैंक : ८ प्रतिशत

हिमालयन बैंक : ८ दशमलव १५ प्रतिशत

लक्ष्मी सनराइज बैंक : ८ प्रतिशत

माछापुच्छ्रे बैंक : ८ प्रतिशत

एभरेष्ट बैंक : ८ प्रतिशत

सिद्धार्थ बैंक : ८ प्रतिशत

सिटिजन्स बैंक : ८ दशमलव २५ प्रतिशत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved