देव खनाल ७६ रनमा आउट

नेपालभ्युज

देव खनाल ७६ रनमा आउट

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा देव खनाल ७६ रनमा आउट भएका हुन् ।

उनलाई क्यानडाका हर्श थाकेरले आउट गरे । अहिले रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङ गरिरहेका छन् । यसअघि नेपालका अनिल साहले ५० र आसिफ शेख १० रनमा आउट भए।

२८६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ३ विकेटको क्षतिमा २१४ रन बनाइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved