क्यानडाविरुद्ध देव र रोहितको अर्धशतक

नेपालभ्युज

क्यानडाविरुद्ध देव र रोहितको अर्धशतक

काठमाडौं। क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा देव खनाल र रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा देव खनालले ५६ बलमा र रोहितले ६७ बलमा अर्धशतक पुरा गरे ।

देवले सो क्रममा ४ चौका र २ छक्का प्रहार गरे। रोहितले भने ४ चौका र ३ छक्का प्रहार गरे।

अहिले दुवैले नेपालको ब्याटिङ सम्हालिरहेका छन् । तेस्रो विकेटका लागि उनीहरुले शतकीय साझेदारी गरेका छन्।

यसअघि अनिल साह ५० रन बनाएर आउट भएका थिए । आसिफ शेख १० रनमा बाहिरिए ।

नेपालले २८६ रनको लक्ष्य पछ्याउँदै २७ ओभरमा १६५ रन बनाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved