क्यानडाविरुद्ध विष्फोटक ब्याटिङ गरेका अनिल अर्धशतक बनाएर आउट

नेपालभ्युज

क्यानडाविरुद्ध विष्फोटक ब्याटिङ गरेका अनिल अर्धशतक बनाएर आउट

काठमाडौ। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालका ओपनर अनिल साहले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विष्फोटक ब्याटिङ प्रदर्शन गरेका अनिलले १९ बलमा अर्धशतक पुरा गरेका हुन् । सो क्रममा उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यससँगै अनिलले नेपालको लागि सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने कीर्तिमान तोडेका छन्। गत वर्ष पिएनजीविरुद्ध उनले आसिफ शेखले २१ बलमा अर्धशतक बनाएको कीर्तिमान अनिलले तोडेका हुन् ।

उनलाई इश्वरजोत सोहीले आउट गरे । अहिले देव खनाल र रोहित पौडेलले ब्याटिङ गरिरहेका छन्।

यससँगै नेपालले ६.३ ओभरमा २ ओभरको समाप्तीमा ६४ रन बनाएको छ। यसअघि ओपनर आसिफ शेख १० रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved