काठमाडौंमा कुरान वाचन प्रतियोगिता

नेपालभ्युज

काठमाडौंमा कुरान वाचन प्रतियोगिता

काठमाडौं । काठमाडौंमा कुरान वाचन प्रतियोगिता सुरु भएको छ ।

शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । सो अवसरमा प्रतियोगीले कुरान वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरुको प्रतिष्पर्धा रहेको र जसमा ४७ प्रतिष्पर्धीले सहभागिता जनाउने बताए ।

आज चौथो टोलीको प्रतियोगिता शुरु भएको छ । प्रतियागितामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको जानकारी दिए । उनले यस्ता कार्यक्रमहरुमा सरकारको सहयोगको आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved