एक्स्ट्राटेक ओभल–इन्टनेशनल क्रिकेट मैदानको उद्घाटन फागुनमा

नेपालभ्युज

एक्स्ट्राटेक ओभल–इन्टनेशनल क्रिकेट मैदानको उद्घाटन फागुनमा

काठमाडौं। एक्स्ट्राटेक ओभल–इन्टनेशनल क्रिकेट मैदान फागुन १४ गते सञ्चालनमा आउने भएको छ।

रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरको लगानीमा निर्माणाधीन मैदान सञ्चालनमा आउने भएको हो। व्यवसायी कुँवरले कुल ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन्।

मैदानको उद्घाटन खेलमा ४ टोलीको सहभागिता रहने गरी टी–१० क्रिकेट प्रतियोगिता आयोजना गरिने छ ।

सन् १९९६ मा पहिलो पटक एसीसी ट्रफी खेल्दाका खेलाडीको टोली लेजेण्ड्स ९६, २०१४ को टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीका खेलाडी तथा अन्य खेलाडी र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचनले सो मैदानका ब्राण्ड एम्बेस्डर हुन्। उनले सो मैदानले नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने बताए ।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का भने प्रतियोगिताको लागि नयाँ पूर्वाधार थपिएकोमा खुसी भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved