६३ सिटको नतिजा आउँदा खान र भुट्टोको पार्टीबीच कडा टक्कर

नेपालभ्युज

६३ सिटको नतिजा आउँदा खान र भुट्टोको पार्टीबीच कडा टक्कर

काठमाडौं । पाकिस्तानमा संसद र प्रान्तीय निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ६३ सिटको नतिजा आइसकेको छ ।

इमरान खानको तेहरिक इन्सान पार्टीको समर्थनमा मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारले अहिलेसम्म २१ सिटमा जितेका छन् भने बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि २१ सिट नै जितेको छ ।

यस्तै, नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले १८ सिट जितेर तेस्रो स्थानमा छ।

पाकिस्तानको संसद कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटको लागि मतदान भएको छ । बाँकी सिट आरक्षित हुन् । एउटा सिटमा मतदान भएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved