अण्डर १९ विश्वकप उपाधिका लागि अस्ट्रेलिया र भारत भिड्ने

नेपालभ्युज

अण्डर १९ विश्वकप उपाधिका लागि अस्ट्रेलिया र भारत भिड्ने

काठमाडौं । आइसीसी अण्डर १९ विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारत आमने सामने हुने भएका छन् ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको छ ।

घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।

अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जित पक्का गरेको हो ।

भारत र अस्ट्रेलियाबीचको फाइनल खेल आइतबार हुने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved