सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा पनि रूख काट्न वडाध्यक्षको सूचना

फागुनभरी रूख काटी झाडी सुधार गर्न आग्रह

नेपालभ्युज

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा पनि रूख काट्न वडाध्यक्षको सूचना

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले बाँदर तथा वन्य जीवजन्तुबाट बाली जोगाउन निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

वडाध्यक्ष शिवकुमार कार्कीले मंगलबार एक सूचना निकाल्दै फागुन महिनाभरी रूख काटी झाडी सुधार गर्न सबैमा सूचना जारी गरेका हुन् ।

बाँदर तथा वन्यजन्तुले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा रहेको रुखबिरुवा काटी जिवजन्तुका वासस्थान नष्ट गर्न सूचनामा भनिएको छ ।

यसअघि पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको थियो । तर, महानगरले कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन निर्देशन दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved