स्विमिङ पुलमा ग्राहकलाई करेन्ट लागेको घटना: होटल स्क्वायरका प्रबन्ध निर्देशक पक्राउ

यसअघि होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

नेपालभ्युज

स्विमिङ पुलमा ग्राहकलाई करेन्ट लागेको घटना: होटल स्क्वायरका प्रबन्ध निर्देशक पक्राउ

काठमाडौं । स्विमिङ पुलमा पौडी खेल्दा ग्राहकलाई करेन्ट लागेको घटनामा ललितपुरको होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेकी छन् ।

यसअघि होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छन् ।

सोमबार रोमी अर्याललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले बताए ।

उनीहरूको ललितपुर महानगरपालिका वडा नम्बर–३ होटल स्क्वायर नामको होटल छ । १४ भदौमा त्यहाँ स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए ।

उनी अहिले पनि अचेत अवस्थामा छन् । उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । सोही घटनामा होटलका सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । घटनामा सुरुमा प्रहरीले जाहेरी लिन मानेको थिएन । धेरैपछि मात्र जाहेरी लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved