मेयर बालेन साहको आक्रोश, निर्माण नसकिएको धरहरा उद्घाटन गर्ने तत्कालिन प्रधानमन्त्री ओली भ्रष्टाचारी हुन्

नेपालभ्युज

मेयर बालेन साहको आक्रोश, निर्माण नसकिएको धरहरा उद्घाटन गर्ने तत्कालिन प्रधानमन्त्री ओली भ्रष्टाचारी हुन्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले धरहरामा निःशुल्क पार्किङ नगर्न आएको पत्रप्रति असन्तुष्टि जनाएका छन् । उद्घाटन भएको तीन वर्ष पुग्नै लाग्दा समेत अझै निर्माण नसकिएको भन्दै पत्र लेख्नु लज्जाको विषय भएको मेयर साहको भनाइ छ ।

महानगरपालिकाले केही दिनअघि मात्रै धरहरामा नि:शुल्क पार्किङको व्यवस्था गरेको थियो । त्यहाँ नि:शुल्क पार्किङ रोक्न कसले पत्र पठायो भन्नेबारे भने मेयर साहले केही खुलाएका छैनन् ।

निर्माण नसिकँदै उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि साहले प्रश्न उठाएका छन् ।

‘उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि अझै बनाइ नसकेको भन्दा लाज लाग्नु पर्ने टिप्पणी गरेका छन् । पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ’नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’  सोमबार बिहानै उनले फेसबुकमा लेखेका छन् ।

२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेका थिए ।

उद्घाटन गरेकै झन्डै तीन वर्ष बित्दा पनि धरहराको पुनर्निर्माण पूरा हुन सकेको छैन । काम सम्पन्न नभई भित्तामा नाम लेख्न उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचार मान्नु पर्ने मेयर साहको भनाइ छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved