अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

नेपालभ्युज

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

एजेन्सी । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी-१ सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए ।

अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी)को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो ।

३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीनवटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरेका हुन्। लक्ष्यहरूमा कमाण्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश छन् ।

जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा एक अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा तीन अमेरिकी सैनिकहरू मारिएका थिए। अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर गरेको छ । यस हमलाको जवाफमा अमेरिकाले यी आक्रमण गरेको हो ।

सैनिक शिविरमा भएको हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यदि कसैले अमेरिकी नागरिकलाई हानि पुर्‍याउँछ भने उसलाई जवाफ दिइनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved