व्यवसायीमाथिको धरपकडबारे महासंघको गम्भीर ध्यानाकर्षण

नेपालभ्युज

व्यवसायीमाथिको धरपकडबारे महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीको धरपकडबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकर्षण गराएको हो ।

महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको विज्ञप्तिमा जनाएको छ ।

‘पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ ।’

‘केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौंको बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उद्योगी चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा बिहीवार दिउँसो पक्राउ परेका थिए ।

चौधरी लाजिम्पाटस्थित निवास र थापा बत्तीसपुतलीबाट पक्राउ परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved