परिसंघको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले भने- प्रतिष्ठित व्यवसायीको मानमर्दन भयो

नेपालभ्युज

परिसंघको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले भने- प्रतिष्ठित व्यवसायीको मानमर्दन भयो

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सूचना नै नदिएर व्यवसायी पक्राउ गर्न गलत भएको बताएका छन् । बिहीबार परिसंघको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले छापामार शैलीमा व्यवसायी पक्राउ गर्नु गलत भएको बताएका हुन् ।

उनले भने, ‘व्यवसायी बसिरहेको समयमा घरमा पुगेर पक्राउ गर्न हुँदैनथ्यो, प्रतिष्ठित व्यवसायीको मानमर्दन भएको छ । यसबाट लगानीको वातावरण बिग्रन्छ । व्यवसायीले कारबाही गरेको भएमा कानूनीमाध्यमबाट अदालती प्रक्रियाबाट प्रमाणित भएपछि पक्राउ गर्नपर्थ्यो ।’

सूचना नै नदिएर हठातरुपमा व्यवसायी पक्राउ गर्नु गलत भएको उनको धारणा थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved