एसियन कपमा जापान र इरान क्वाटरफाइनलमा प्रवेश

नेपालभ्युज

एसियन कपमा जापान र इरान क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कतारमा जारी खेलमा जापान ३–१ गोल अन्तरले विजयी भएको हो । यस्तै बुधबार राति भएको अर्को खेलमा सिरियालाई हराउदै इरान पनि क्वाटरफाइनल पुगेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो । सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved