यू–१९ विश्वकप क्रिकेट

नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य

नेपालभ्युज

नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टेनमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भएको हो।

नेपालका लागि विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रनको योगदान गरे। सुवास भण्डारी १८ रनमा अविजित रहे। अर्जुन कुमालले १४ रन जोडे। ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्। बंगलादेशी बलरले नेपाललाई ३१ रन अतिरिक्त दिएका थिए ।

बंगलादेशका लागि रोहानत दौल्लाह बोर्सनले ४ र शेख पभिज जिबोनले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved