हेटौंडा आन्तरिक राजस्व कार्यालयबाट पहिलो छ महिनामा तीन अर्बमात्र राजस्व संकलन

नेपालभ्युज

हेटौंडा आन्तरिक राजस्व कार्यालयबाट पहिलो छ महिनामा तीन अर्बमात्र राजस्व संकलन

काठमाडौं। हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब १४ करोड ३० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९३ करोड ११ लाख ७६ हजारमात्र राजस्व सङ्कलन भएको जनाइएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।६ महिनामा आयकरतर्फ ४८ करोड ८६ लाख ६७ हजार, घरभाडा करतर्फ ७८ लाख ९२ हजार, ब्याज करतर्फ चार करोड पाँच लाख ८१ हजार, आन्तरिक करतर्फ ४९ करोड नब्बे लाख ६८ हजार, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार राजस्व सङ्कलन भएको कार्यालयको तथ्यांक छ ।

पहिलो ६ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेको बताइएको छ ।

बागमती प्रदेशको राजधानी भएर पनि ठूला उद्योग तथा व्यापार÷व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् ।

प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताउछन् । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved