यू–१९ विश्वकप

बंगलादेशविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा बंगालदेशविरुद्ध नेपालले १०० रन पूरा गरेको छ। तर, यो अवस्थासम्म पुग्दा नेपालको ब्याटिङ धरमराएको छ ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टेनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २९.२ ओभरमा ४ विकेट क्षतिमा १०० रन पुरा गरेको हो।

८.३ ओभरको समाप्तीमा ३ विकेट गुमाएको नेपालको ब्याटिङ कप्तान देव खनालले केही सम्हालेका थिए । उनी ३५ रन बनाएर पेभेलियन फर्किए ।

त्यसअघि अर्जुन कुमाल १४, विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएका थिए । अहिले विशाल विक्रम केसी र गुल्सन झाले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved