आहारारा गोल्डकपमा आजदेखि सेमिफाइनल, पहिलो खेलमा जावलाखेल र थ्रीस्टार भिड्दै

नेपालभ्युज

आहारारा गोल्डकपमा आजदेखि सेमिफाइनल, पहिलो खेलमा जावलाखेल र थ्रीस्टार भिड्दै

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु हुँदैछन् ।

पहिलो सेमिफाइनलमा दिउँसो साढे २ बजे थ्रीस्टार र जावलाखेल युथ क्लब आमने सामने हुने छन् ।

आजको विजेता फाइनलमा पुग्नेछ । फाइनल आगामी माघ २० गते हुदैछ । थ्रीस्टार र जावलाखेल आज तेस्रो पटक भिड्न लागेका हुन् ।

क्वार्टरफाइनलमा थ्रीस्टारले भुटानको पारो एफसी र जावलाखेलले मनाङमस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा आइपुगेका हुन् ।

थ्रीस्टारले आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । जावलाखेल भने अहिलेसम्म उपाधिविहीन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved