अण्डर नाइन्टिन विश्वकप क्रिकेटको सुपर सिक्समा आज नेपाल र बंगलादेश भिड्दै

सेमिफाइनलमा पुग्ने होडबाट भने बाहिरियो

नेपालभ्युज

अण्डर नाइन्टिन विश्वकप क्रिकेटको सुपर सिक्समा आज नेपाल र बंगलादेश भिड्दै

काठमाठडौं । अण्डर नाइन्टिन विश्वकप क्रिकेटको सुपर सिक्समा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा नेपाली सयम अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

खेल जित्दै सुपर सिक्समा अंकको खाता खोल्ने नेपालको लक्ष्य रहेको छ । तर यो खेल जितेपनि नेपाल सेमिफाइनलमा पुग्ने होडबाट भने बाहिरिसकेको छ । सुपर सिक्स चरणमा नेपालले बंगलादेश र भारतसँग एक एक खेल खेल्नेछ ।

दुवै खेल जितेपनि नेपालको चार अंक हुनेछ । तर भारत र पाकिस्तानको अहिले नै ६–६ अंक भइसकेको छ । सुपर सिक्समा नेपाल रहेको समुहमा भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्याड र आयरल्याण्ड पनि छन् ।

तर समुहका सबै टोलीले सबैसँग भने खेल्दैनन् । लिग चरणमा एकआपसमा खेलिएका खेलका परिणाम पनि यसमा गणना हुनेछ ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई मात्रै हराएको तर अफगानिस्तान सुपर सिक्समा नभएकोले उक्त खेलबाट नेपालले पाएको दुई अंक सुपर सिक्समा गणना हुनेछैन । भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेशले समुह चरणमा पाएको अंक भने सुपर सिक्समा पनि थपिने भएकोले नेपाल सेमिफाइनलमा पुग्न नसक्ने निश्चित भएको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved