आहारारा गोल्डकपमा आज चर्च ब्वाइजले विभागीय टोली पुलिसको सामना गर्दै

नेपालभ्युज

आहारारा गोल्डकपमा आज चर्च ब्वाइजले विभागीय टोली पुलिसको सामना गर्दै

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज चर्च ब्वाइज र नेपाल पुलिस क्लब भिड्दै छन् । साढे २ बजे हुने खेलमा यी दुबै टोली अन्तिम क्वार्टरफाइनलका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् ।

पुलिसले अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाएर सीधै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

गत वर्ष पनि नेपाल पुलिस र चर्च ब्वाइज क्वार्टरफाइनलमा आमने सामने भएका थिए । पुलिसले यसअघि नै ६ पटक आहारारा पोखरा गोल्डकप जितिसकेको छ । आजको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

आजको विजेता टोलीले माघ १८ गते फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टार, जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी सेमिफाइनल पुगिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved