अयोध्याको राममन्दिर सर्वसाधारणका लागि खुला, दर्शनार्थीको ठूलो भिड

नेपालभ्युज

अयोध्याको राममन्दिर सर्वसाधारणका लागि खुला, दर्शनार्थीको ठूलो भिड

काठमाडौं । भारतको अयोध्यास्थित नवनिर्मित राममन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

मन्दिरमा हिजो रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । आज विहानैदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएपछि दर्शनार्थीको ठूलो भिड लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मन्दिरको ढोका खोल्नासाथ भित्र जानका लागि होड मचिएको बीबीसी हिन्दीले जनाएको छ । त्यसैले सुरक्षाका लागि कडा व्यवस्था गरिएको छ ।

प्राण प्रतिष्ठापछि पहिलो पटक आज विहान राममन्दिरमा आरती गरिएको छ । सोमवार प्रधानमंत्री नरेन्द्र मोदीले रामललाको प्राण प्रतिष्ठा गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved