बैंकिङ प्रणालीबाट थप ३० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार बोलकबोल हुने

नेपालभ्युज

बैंकिङ प्रणालीबाट थप ३० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार बोलकबोल हुने

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले भोलि मंगलबार थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्नका लागि दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले यसअघि गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved