६ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै २९ अर्ब, कुन बैंकले कति कमाए ?

चालु आवमा वाणिज्य बैंकहरुको खुद नाफा केही खुम्चिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष वाणिज्य बैंकको खुद नाफा १० दशमलव २२ प्रतिशतले घटेको छ ।

नेपालभ्युज

६ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै २९ अर्ब, कुन बैंकले कति कमाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार वाणिज्य बैंकहरुले समीक्षा अवधिमा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकको खुद नाफा ३२ अर्ब ४ करोड २३ लाख रुपैयाँ थियो । यसर्थ चालु आवमा वाणिज्य बैंकहरुको खुद नाफा केही खुम्चिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष वाणिज्य बैंकको खुद नाफा १० दशमलव २२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै नबिल बैंकले कमाएको छ ।  प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंक धेरै नाफा कमाउने तीनभित्र छन् ।

सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल

नबिल बैंकले चालु आवको ६ महिनामा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

बैंकको यो नाफा गत वर्षको तुलनामा भने ६ दशमलव १८ प्रतिशतले कम हो । गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ देखिएको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.०६ प्रतिशत र कर्जा लगानी ९.५९ प्रतिशत बढेर क्रमशः ४ खर्ब २८ अर्ब ८३ करोड ५ लाख र ३ खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कायम भएको छ । दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको खराब कर्जा पनि घटेर १ दशमलव ४६ प्रतिशत रहेको छ ।

नाफा बढाउने बैंकहरु

समीक्षा अवधिमा नाफा बढाउने बैंक तीन वटा मात्रै छन् । प्राइम, हिमालयन र एभरेष्ट बैंकले मात्र नाफा बढाएका छन् ।

प्राइम कमर्सियल बैंक

चालु आवको ६ महिनासम्म सबैभन्दा बढी नाफा कमाउने बैंकको दोस्रो स्थानमा प्राइम कमर्सियल बैंक परेको छ । जसले समीक्षा अवधिमा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकले ३२.१३ प्रतिशत बढी नाफा कमाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५७.५३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एभरेष्ट बैंक

समीक्षा अवधिमा एभरेष्ट बैंकका अधिकांश सूचक सकारात्मक देखिएका छन् । यो बैंकको खुद नाफा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा ७.८८ प्रतिशतले बढी हो । गत वर्ष बैंकले सोही अवधिमा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंक

दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २६.५७ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

एनएमबी बैंक

एनएमबी बैंकले चालु आवको ६ महिने अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । तुलनात्मक रूपमा यस वर्षको अर्धवार्षिक समीक्षामा बैंकको नाफा २७.६२ प्रतिशत कमी हो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंक आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६० प्रतिशतले कम हो ।

अघिल्लो वर्षको यस अवधिमा बैंकले १ अर्ब १७ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको तुलनामा ४१.८४ प्रतिशतले कम हो । गत वर्ष सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालु आवको समीक्षा अवधिमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । तर, गत आवको दोस्रो त्रैमासमा बैंक १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा थियो ।

यस वर्ष भने बैंकका केही सूचक सकारात्मक देखिएका छन् । बैंकको वितरणयोग्य नाफा भने ७५ करोड २१ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकको ६ महिने खुद नाफा ७२ करोड ३ लाख रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा सो नाफा ३९.९७ प्रतिशतले कम हो ।

गत वर्ष बैंकको खुद नाफा १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको थियो । यससँगै हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आवको ६ महिने खुद नाफा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३ दशमलव ६३ प्रतिशतले कम हो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमास अन्त्यसम्म २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत वर्षको तुलनामा २५.६८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमास अन्त्यसम्ममा ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४९.६० प्रतिशतले कम हो ।

गत वर्ष बैंकले सोही अवधिमा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कुमारी बैंक

कुमारी बैंकले समीक्षा अवधिमा ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १४.३१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.९३ प्रतिशत कमी हो ।

गत आवको दोस्रो त्रैमासमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आवको दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यसर्थ, गत वर्षको तुलनामा बैंकले कमाएको यस वर्षको नाफा २ प्रतिशतले कम हो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले समीक्षा अवधिमा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ६.९६ प्रतिशतले कम हो ।

गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा ८४ करोड १३ लाख रुपैयाँ थियो ।

सानिमा बैंक

सानिमा बैंकले चालु आवको दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत वर्षको तुलनामा ११.४१ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले समीक्षा अवधिमा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १.६६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले समीक्षा अवधिमा ८० करोड ५३ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २१.४५ प्रतिशत कम हो ।

गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २ करोड ५२ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved