८ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, खराब कर्जा ०.७७ प्रतिशत मात्रै

नेपालभ्युज

८ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, खराब कर्जा ०.७७ प्रतिशत मात्रै

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा ७.८८ प्रतिशत बढेको हो ।

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । बैंकको यस्तो आम्दानी १.२७ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको संचालन नाफा पनि ७.९० प्रतिशत बढेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ४० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषको आकार पनि १०.६७ प्रतिशत बढाएर ११ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ पुर्‍याएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ८६ करोड २४ लाख रुपैयाँ पुगेको छ । तर, कर्जा लगानी पनि ५.६५ प्रतिशत बढाएर १ खर्ब ६८ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव ७७ प्रतिशत मात्रै छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ६७ पैसाबाट बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने २१९ रुपैयाँ ५७ रुपैयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved