स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १.५५ प्रतिशतले घट्यो

वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड

नेपालभ्युज

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १.५५ प्रतिशतले घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घटेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले घटेर २ अर्ब ६३ करोड १४ लाखमा संकुचन भएको छ । त्यसै गरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.७७ प्रतिशतले घट्दा ३ अर्ब ६६ करोड र सञ्चालन मुनाफा १.५० प्रतिशत घटेर २ अर्ब ४७ करोड ५८ लाख कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५८ पैसा घटेर ३६ रुपैयाँ ६२ पैसामा झरेको छ । त्यसै गरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved