घट्यो एनएमबी बैंकको नाफा, कर्जा विस्तार १ खर्ब ९४ अर्ब 

नेपालभ्युज

घट्यो एनएमबी बैंकको नाफा, कर्जा विस्तार १ खर्ब ९४ अर्ब 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा झन्डै डेढ अर्ब खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को अपरिष्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिने अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । तुलनात्मक रूपमा यस वर्षको अर्धवार्षिक समीक्षामा बैंकको नाफा २७.६२ प्रतिशत कमी हो ।

यसै गरी बैंकको ब्याज आम्दानी पनि ३ अर्ब ७४ करोड २ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलना १२.३९ प्रतिशत कमी हो ।

यस्तै, बैंकले ६ महिनामा १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ संचालन नाफा गरेको छ । यता, बैंकको वितरणयोग्य नाफा पनि ९९ करोड ४८ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषको आकार भने १८.२७ प्रतिशतले बढाएर १० अर्ब ५५ करोड ७३ लाख रुपैयाँ पुर्‍याएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ९.९९ प्रतिशत बढेर २ खर्ब ३१ अर्ब ३२ करोड २७ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने सामान्य अर्थात् २.७३ प्रतिशत बढेर १ खर्ब ९४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकसँग २.८६ प्रतिशत खराब कर्जा छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ९६ पैसा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved